स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँचको बिषयमा बागमती प्रदेशस्तरिय समन्वय बैठक

बागमती प्रदेशस्तरिय समन्वय बैठकमा सहभागीहरुको तस्वीर ।
बागमती प्रदेशस्तरिय सरोकारवालाहरुसँग समन्वय बैठक

मिति २०७९ जेठ २० गते स्वास्थ्य सम्बन्धी पुनर्स्थापना सेवामा पहुँचका लागि बागमती प्रदेशमा रहेका सरकारी, गैह्रसरकारी अपाङ्गता भएका व्यक्तिहरुको संघसंस्था, प्रयोगकर्ताहरुबिच वृहत समन्वय बैठक सम्पन्न भएको छ । शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत प्रदेश स्तरिय सरोकारवालाहरुसँग कोषको सेवामा सहयोग, बजेट अभिवृद्धि तथा सिफारिस निर्माण गर्ने उद्धेश्यले गरिएको यो समन्वय बैठक बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको माननिय मन्त्री निमा लामाको प्रमुख आतिथ्यता र कोषका सभापती डेकराज भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको हो । उक्त बैठक बागमती प्रदेशको राष्ट्रिय अपाङ्ग महासंघसँगको समन्वयमा भएको थियो ।

बैठकमा बागमती प्रदेश राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष अश्विन लम्साल, सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपाल कंडेल, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको सचिव यमलाल भुषाल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई, स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक महेश्वर श्रेष्ठ, कोशिश संस्थाको मनोविमर्शकर्ता तुलसा पोखरेल, गैसस महासंघ बागमती प्रदेशको अध्यक्ष आरती पाठक लगायत स्वावलम्बन जीवनपद्धती केन्द्र मकवानपुर, अपाङ्गता सरोकार केन्द्र मकवानपुर, मकवानपुर बहिरा संघ, बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको अपाङ्गता सूचना कक्षका सूचना सहायक लगायत ३ दर्जन विभिन्न संघसंस्था तथा तिनका प्रतिनिधीहरु सहभागी थिए । बैठकले पुनर्स्थापना सेवामा पहुँच अभिवृद्धि गर्न बागमती प्रदेश सरकार र सो प्रदेशमा रहेका सम्पूर्ण सरोकारवालाहरुसँग पुनर्स्थापना सेवामा सबैको पहुँच स्थापना गर्न समन्वय, सहकार्य र साझेदारी गर्ने निर्णय गरेको छ ।

Previous articleGlobal Report on Assistive Technology by WHO, 2022
Next articleअन्तर्राष्ट्रिय फिजियोथेरापी दिवस सम्पन्न