प्रदेश निती तथा योजनामा पुनर्स्थापनाको बिषय समावेश गर्न समन्वय बैठक
प्रदेश निती तथा योजनामा पुनर्स्थापनाको बिषय समावेश गर्न समन्वय बैठक
२० चैत । राष्ट्रिय अपाङ्ग कोषको आयोजनामा शारीरिक पुनर्स्थापना गतिविधी परियोजना अन्तर्गत बागमती प्रदेशको आगामी आर्थीक बर्ष २०७८ ७९ को निती तथा कार्यक्रममा सहायक सामाग्री र पुनर्स्थापनासँग सम्बन्धीत बिषय समावेश गर्न समन्वय बैठक सम्पन्न भएको छ ।
कोषका सभापति रमेश लामाको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक बर्षको निति तथा योजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्रीमा पहुँच पुर्याउने बिषय समावेश गर्नका लागी आवश्यक कदम चाल्ने निर्णय गरेको छ । यस्तै बैठकमा सहायक सामाग्री तथा पुनर्स्थापनामा पहुँचको लागी आगामी चैत २६ गते प्रदेश स्तरिय बैठकको आयोजना गर्ने निर्णय पनि भएको छ ।
उक्त समन्वय बैठकमा प्रदेश निति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष माननिय श्याम कुमार बस्नेत, सदस्य प्रा.डा. रामचन्द्र ढकाल, आई.एल सेन्टर मकवानपुरका अध्यक्ष दिल बहादुर स्याङ्बो, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको कार्यक्रम संयोजक सीता मल्ल, कोषको आउटरिच एण्ड लायजन अफिसर सुनिता आचार्य र फण्डरेजिङ अफिसर मिलन खरालको सहभागीता रहेको थियो ।
OUR PARTNERS
English
Nepali