पुनर्स्थापना सेवामा पहुँचका बिषयमा काठमाण्डौँका सरोकारवालाहरुसँग बैठक
पुनर्स्थापना सेवामा पहुँचका बिषयमा काठमाण्डौँका सरोकारवालाहरुसँग बैठक
१ पुस २०७८ । पुनर्स्थापना सेवामा पहुँचका बिषयमा काठमाण्डौँका सरोकारवालाहरुसँग समन्वय बैठक सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोषको शारीरिक पुनर्स्थापना गतिविधी अन्तर्गत उक्त समन्वय बैठक भएको हो ।
पुनर्स्थापना सेवामा सहज पहुँच अभिवृद्धि गर्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने उद्धेश्यका साथ आयोजना गरिएको उक्त बैठक स्पाइनल कर्ड इञ्जुरी नेटवर्क नेपालका महासचिव केशव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
स्पाइनल इञ्जुरी नेटवर्क नेपालको उपाध्यक्ष झरना राना अपाङ्ग पुनर्स्थापना केन्द्रको उपाध्यक्ष स्पाइनल कर्ड इञ्जुरी स्पोर्टस् एसोशियसन नेपालका उपाध्यक्ष हिमाल अर्याल बिएम स्पोर्टसका प्रतिनिधी राजेन्द्र खनाल नेपाल अपाङ्ग संघका डण्ड बहादुर बुढाथोकी लगायत एक दर्जन बढी सरोकारवालाहरु उपस्थित उक्त बैठकले पुनर्स्थापना सेवामा पहुँच अभिवृद्धि गर्न साझेदारी गर्ने निर्णय गरेको छ ।
बैठकमा कोषको तर्फबाट परियोजना संयोजक तारा कुमारी कार्की, प्रोस्थेटिक एण्ड अर्थोटिक इञ्चार्ज राम बहादुर थापा र फण्डरेजिङ अफिसर मिलन खराल सहभागी हुनुहुन्थ्यो ।
OUR PARTNERS
English
Nepali