लुम्बिनी बिकास मञ्च को आयोजनामा तथा राष्ट्रिय सभा सदस्य तथा प्रमुख सचेतक माननिय खिमलाल भट्टराई ज्युको विशेष पहलमा रुपन्देही क्षेत्र नःपाँच को ५० जना शारिरिक आशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण कार्यक्रम सम्पन्न भएको छ।
ह्वीलचियर वितरण कार्यक्रम लुम्बिनी विकास मञ्चको अध्यक्ष सन्दीप गुप्ता को अध्यक्षता , माननिय #खिमलाल_भट्टराई ज्यु को प्रमुख आतिथ्यतामा, राष्ट्रिय अपाङ्ग कोषको सभापति आदरणीय व्यक्तित्व रमेश लामा को विशिष्ट आतिथ्यता, सदस्य सचिव सुष्मा कार्की , राष्ट्रिय स्वस्थ कोषको सदस्य सचिव सुनिता भण्डारी लगायत सम्पुर्ण अपाङ्ग कोषको कर्मचारी र समाजसेवि अातिथ्यतामा र आमजनसमुदायको उपस्थिति मा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।